दफा
रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज र लगत कट्टा गर्ने काम

(१) प्रचलित कानून बमोजिम लिखतको रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज र लगत कट्टा गर्ने काम मालपोत कार्यालयले गर्नेछ ।
(२) रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि तोकिएको समितिले सम्बन्धित क्षेत्रको जग्गाको न्युनतम मूल्य निर्धारण गर्नेछ ।
(३) प्रचलित कानून बमोजिम भएको मिलापत्रको आधारमा मालपोत कार्यालयले जग्गा दर्ता वा दाखिल खारेज गर्दा सम्बन्धित जग्गाको साबिक दर्ता, मोठ वा नम्बरीसंग भिड्न आएमा मात्र त्यस्तो जग्गाको दर्ता वा दाखिल खारेज गर्नेछ ।
(४) व्यक्ति विशेषको जग्गा सार्वजनिक प्रयोजनको लागि दर्ता गर्न सम्बन्धित व्यक्तिको निवेदन परेमा तोकिएको समितिको सिफारिसमा मालपोत कार्यालयले त्यस्तो जग्गाबाट सो व्यक्तिको नाम कट्टा गर्न सक्नेछ ।
(५) मोही लागेको वा हदबन्दीमा कारवाही भएको जग्गाको श्रेस्तामा हेरफेर भएमा सो कुराको जानकारी मालपोत कार्यालयले भूमिसुधार कार्यालयलाई दिनुपर्नेछ ।